हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणी भू(भागमा अवस्थित रहेको छ ।
आज बुधबार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै बाँकी भू-भागमा भने आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार दिउँसो भने प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी प्रदेशमा भने आंशिक बदली हुने भएको छ । त्यस्तै, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र बाँकी प्रदेशहरूका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।
बुधबार राति भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू(भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । त्यस्तै, बाँकी प्रदेशहरूमा भने आंशिक बदलीदेखि मौसम सामान्यता सफा हुने भएको छ ।
त्यस्तै, प्रदेश१, बागमती प्रदेश र बाँकी प्रदेशहरूका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।