सत्तारुढ गठबन्धनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडको विषय निष्कर्ष नजिक पुगेको बताएको छ।
मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले दुवै निर्वाचनको सिट बाँडफाँडको विषय निष्कर्ष नजिक पुगेको जानकारी गराएको हो।
हामी निष्कर्षको नजिक पुगेको भन्दै कांग्रेस नेता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भोली बिहान ८ बजेपनि सोही विषयमा छलफल गर्न बैठक बोलाइएको बताए।
उनले प्रतिनिधिसभाका १६५ सिट मध्ये करिव ८० प्रतिशत टुंगो लागेको प्रतिक्रिया समेत दिए। चाँडै सहमती गरेर आफूहरुले सञ्चार माध्याममार्फत् देशलाई जानकारी गराउने पनि बताए।