संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ। मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ।
सचिवालयले जारी कार्यसूची अनुसार आजको बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन्।
त्यसपछि बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन बमोजिम बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेश गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, आगामी मंसिरमा हुने आम निर्वाचन महिलाको समानुपातिक सहभागिता गराउन आवश्यक भएको भन्न्े जरुरी सार्वजनिक महत्वको विषयमाथि ध्यानाकर्षण गर्ने कार्यसूची रहेको छ।