• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • देश-समाज
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • कला/साहित्य
    • रोचक खवर
    • अन्तर्वार्ता
    • पर्यटन
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • विचार-ब्लग
×
शुक्रबार, माघ १३, २०७९
शुक्रबार, माघ १३, २०७९
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • देश-समाज
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • कला/साहित्य
      • रोचक खवर
      • अन्तर्वार्ता
      • पर्यटन
      • कृषि
      • शिक्षा
      • स्वास्थ्य
      • विचार-ब्लग
  • ☰

भर्खरै

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा
  • १ महिना 

५५ जनाले गरे रक्तदान
  • १ महिना 

भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने
  • २ महिना 

पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन
  • २ महिना 

सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी
  • २ महिना 

मत गणना आजै रातिबाट सुरु हुने
  • २ महिना 

मतदान केन्द्रको व्यवस्थापन राम्रो छ, ढुक्कसँग मतदान
  • २ महिना 

निर्वाचन पछि गठबन्धनको सरकार बन्छः प्रचण्ड
  • २ महिना 

मतदानपछि प्रचण्डले भने-गोरखाबाट उठेपनि चितवन छाडेको छैन
  • २ महिना 

लोकप्रिय समाचार

मतगणना पश्चिम लाग्दा रेनु–विजयको मतान्तर फराकिलो बन्दै

भरतपुर महानगरमा जारी मतगणनामा रेनु दाहालले मतान्तर बढाउदै लैजानुभएको छ । दोस्रो कार्याकालका लागि मेयर उम्मेदवार बनेकी रेनु दाहालले आज (मंगलबार) राती ८ बजेसम्मको मतगणनामा ३ सय ५५ मतान्तरले अगाडी हुनुहुन्छ । रेनुले ७ हजार ४ सय २३ मत ल्याउनुभएको छ । सत्तागठबन्धनबाट उम्मेदवार बन्नुभएकी दाहाल सोमबारदेखि मतान्तर बढाउन लाग्नुभएको छ । एमालेबाट मेयर उम्मेदवार विजय सुवेदीले ७ हजार ६८ मत ल्याउनुभएको छ ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ५ सय ९४ मत ल्याउनुभएको छ । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ८ हजार ९ सय ८९, राप्रपाकी हिमला गुरुङले ५ हजार ८ सय ४० मत ल्याउनुभएको छ । मेयरमा रेनु या विजय को आउँछ भनेर धेरैको चासो बढेको छ । २१ हजार ७ सय ५४ मतगणना सकिएको छ । २०७४ को चुनावमा ५ वडासम्म आइपुग्दा रेनु ५६ मतले देवी ज्ञवालीभन्दा पछाडी हुनुहुन्थ्यो । यसपाली रेनुको पक्षमा ३ सय ४३ मत बढेको छ । मतान्तर सुधार्न सफल भएको देखिन्छ । कांग्रेसका बागी उम्मेदवार पौडेलको पक्षमा मत बढेपनि रेनुको मत निराशाजनक नभएपछि सत्तागठबन्धनका नेताहरु उत्साहित छन् ।

पौडेलले ६ देखि ९ नम्बर वडासम्म केही बढी मत ल्याउने आँकलन गरिएपनि विजय सुवेदीले यी वडामा फराकिलो मतान्तर बनाउन नसक्ने विश्लेषण भएका छन् । २०७४ को चुनावमा ६, ८ नम्बर वडा कांग्रेसले जितेको थियो भने ७, ९ नम्बर वडामा एमालेले जितेको थियो । ७ र ९ मा एमालेबाट निर्वाचित वडाध्यक्षहरु यसपाली एकिकृत समाजवादीमा छन् । दुवै उम्मेदवार दोस्रो कार्याकालका लागि वडाध्यक्ष बन्ने दौडमा छन् । एमालेको मत कटौती हुने अपेक्षामा माओवादी केन्द्र छ । मेयरमा स्वतन्त्र उम्मेदवार बनेका पौडेल कांग्रेसको जिल्ला अधिवेशनमा महाधिवेशस प्रतिनिधिमै हारेको गृह वडा समेत हो । त्यसैले माओवादी मत धेरै पाउने आशमा छ ।

वडा नम्बर १० र १२ मा एमालेबाट निर्वाचित वडाध्यक्ष एकिकृत समाजवादीमा लागेका छन् । ११ मा विगतमा एमालेबाट निर्वाचित वडाध्यक्षमात्रै एमालेमा छन् । ११ नम्बर वडामा भने सत्तागठबन्धनलाई चूनौती देखिन्छ । २०७४ मा ११ नम्र वडामा १ हजार १ सय ६२ मतान्तर थियो ।  १४ देखि २१, २४, २७ नम्बर वडामा कांग्रेस बलियो छ ।नारायणगढ, भरतपुर क्षेत्रमा रेनु–विजयबीच निकै प्रतिस्पर्धा देखिएपनि पश्चिम चितवनतर्फ लाग्दा मतान्तर बढ्ने अनुमान गर्न थालिएको छ ।

१३, २५ र २६ माओवादीलेनै जितेको थियो । २२, २८ र २९ नम्बर वडामा एमालेले जितेको थियो । तर, २२ बाट निर्वाचित वडाध्यक्ष एकिकृत समाजवादीमै छन् । रेनु पश्चिमका वडाहरुको मतगणनामा अगाडी आउनेमा गठबन्धनका जिल्ला नेताहरु विश्वस्त छन् । तर,  बलियो संगठन, विकासको स्पष्ट खाका कोर्न सक्षम मेयर उम्मेदवार भएकाले एमाले मेयर जित्नेमा अडिग छ ।

मङ्गलबार, जेठ ०३, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

थप शिर्षकहरु

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा बालकृष्ण पराजुली चयन
५५ जनाले गरे रक्तदान
भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

चर्चित समाचार

ताजा समाचार

  • १.
    हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा

  • २.
    ५५ जनाले गरे रक्तदान

  • ३.
    भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

  • ४.
    पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन

  • ५.
    सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी

  • ६.
    मत गणना आजै रातिबाट सुरु हुने

विज्ञापन
९८५५०८०४०७
९८५५०५४४८६

समाचार
९८६५०००२८५
९८४५६३०८२८

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2023 Nepal Laya | All rights Reserved.
 Website By :  NarayaniWebTech.