भरतपुर महानगरको मतगणना विहान ९ बजेदेखि सुरु हुने भएको छ । वडा नम्बर १ बाट मतगणना सुरु गर्ने तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले एक घण्टा अगावै उम्मेदवारहरुका प्रतिनिधिलाई मतगणना गर्ने स्थानमा आउन अनुरोध गरिएको बताउनुभयो ।
सर्वदलीय बैठकले मतगणना शनिबार बिहान सुरु गर्ने निर्णय गरेको थियो ।मतगणना सुरु गर्ने समय एकिन गर्न बसेको सर्वदलीय बैठक करिब ३ घण्टा बसेको थियो । भरतपुर महानगरपालिकाकाे मतगणना चितवन प्रदर्शनी केन्द्र भरतपुर दुरसञ्चर राेडमा हुनेछ ।