नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व सहकर्मीहरु मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्द ‘विप्लव’लाई पुनः एकतामा आउन आग्रह गरेका छन् ।
बिहीबार कैलालीमा आयोजित कार्यक्रममा उनले वैद्य, विप्लव र बाबुराम एकतामा नआए उनीहरुको पार्टी बाँकी नरहने दाबी गरे । प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निरंकुश प्रवृत्ति परास्त गरेपछि फेरि वाम एकता हुने दाबी गरेका छन् । यसअघिको एकता ओलीले नै टिक्न नदिएको प्रचण्डले बताए ।
बालुवाटार छाडेर बालकोट जाँदा पनि ओली रमाइलो गर्दै गएको भन्दै प्रचण्डले उनी अच्चमको प्राणी भएको समेत टिप्पणी गरे ।