आगामी स्थानीय तहको निर्वाचन अन्तर्गत नेकपा माओवादी केन्द्र भरतपुर १४ मा वडा अध्यक्ष उमेदवारका लागि ८ जनाको नाम सिफारिस भएको छ ।
आज पटिहानीमा बसेको वडा कमिटीको पुर्ण बैठकले ८ जना वडा अध्यक्षसहित १२ जना सदस्य पदमा सिफारिस भएका हुन् । सिफारिस भएकाहरू प्रदेश कमिटी सदस्य देखि पत्रकारसम्म छन् ।
प्रदेश कमिटी सदस्य विष्णु कुमारी चौधरी, महानगर सदस्य हरिश्चन्द्र दाहाल, वडा ईन्चार्ज देवीराम पौडेल, अध्यक्ष बावुराम दाहाल, बालकृष्ण ढकाल, विमला विक, केदार पौडेल र मिलन अधिकारी अध्यक्षका दाबेदारका रूपमा वडा कमिटीबाट सिफारिस भएका छन् ।
यस्तै महिला सदस्यका लागि विष्णुमाया सापकोटा र निर्मला भण्डारी, दलित महिला सदस्यका लागि पार्वती विक र शान्ति रसाइली छन् ।खुल्ला सदस्यका लागि पश्चिम चितवन पत्रकार मंचका उपाध्यक्ष अनिल भट्टराई समेत छन् ।
अखिल क्रान्तिकारी भरतपुरका अध्यक्ष पिगंलराज पन्त, वाईसीएलका नेता दिपेन्द्र पौडेल, राजन विक, हरिभक्त पौडेल, बालकृष्ण गौतम सहित रामचन्द्र दाहाल र जिवन कंडेल खुला सदस्यमा सिफारिस भएका वडा कमिटी अध्यक्ष बावुराम दाहालले जानकारी दिनुभयो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह वडा समेत भएकोले यस क्षेत्रलाई अर्थपूर्ण रूपमा हेरिरहेको छ । ३ दलिय गठबन्धन प्रभाव रहेको वडामा पदाधिकारीका व्यवस्थापन सहमतिका आधारमा हुने चर्चा छ ।
कांग्रेससँग गठबन्धन कमजोर रहेको बताउदै प्रदेश कमिटी सदस्य विष्णु कुमारी चौधरीले आफुहरू नेपाल एकिकृत समाजवादीसँग मिलेर अघि बढ्दा भागबन्डा हुनसक्ने बताउनुभयो ।