अनेरास्ववियू विद्यार्थी सङगठनका चितवन जिल्ला उपाध्यक्ष सुजन ढकालले सङगठनबाट राजिनामा दिएका छन ।
सामाजिक सञ्जाल फेसबुकमा एक पत्र सार्वजनिक गर्दै उनले राजिनामाको घोषणा गरेका हुन । पाटी कार्यलयमा भएको जिल्ला कमिटि घोषणा कार्यक्रममा पाटीले अनेरास्ववियू जिल्ला उपाध्यक्षमा ढकाललाई जिम्मेवारी दिएको थियो ।
सो पदमा असहमति जनाउदै आफूले राजिनामा दिएको ढकालले सार्वजनिक गरेको पत्रमा उल्लेख छ । ढकालले सङगठन छोडेको तर पाटी भने तत्काल नछोडेको बताएका छन ।