देशभर पछिल्लो २४ घण्टामा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८७४ जनामा कोरोना परीक्षण गर्दा १२७ जनामा संक्रमण पुष्टि भएको हो ।
बिहीबार ३१२ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । हाल देशभर ७ हजार ७७० जना सक्रिय संक्रमित छन् ।