नेकपा एकीकृत समाजवादीले आज स्थायी कमिटीको बैठक बोलाएको छ।
विहान ११ बजे बस्ने स्थायी कमिटीको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
आइतबार नै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । उक्त बैठक बस्नुअघि एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको हो ।