• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • देश-समाज
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • कला/साहित्य
    • रोचक खवर
    • अन्तर्वार्ता
    • पर्यटन
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • विचार-ब्लग
×
शुक्रबार, माघ १३, २०७९
शुक्रबार, माघ १३, २०७९
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • देश-समाज
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • कला/साहित्य
      • रोचक खवर
      • अन्तर्वार्ता
      • पर्यटन
      • कृषि
      • शिक्षा
      • स्वास्थ्य
      • विचार-ब्लग
  • ☰

भर्खरै

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा
  • १ महिना 

५५ जनाले गरे रक्तदान
  • १ महिना 

भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने
  • २ महिना 

पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन
  • २ महिना 

सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी
  • २ महिना 

मत गणना आजै रातिबाट सुरु हुने
  • २ महिना 

मतदान केन्द्रको व्यवस्थापन राम्रो छ, ढुक्कसँग मतदान
  • २ महिना 

निर्वाचन पछि गठबन्धनको सरकार बन्छः प्रचण्ड
  • २ महिना 

मतदानपछि प्रचण्डले भने-गोरखाबाट उठेपनि चितवन छाडेको छैन
  • २ महिना 

लोकप्रिय समाचार

७ सय ५३ पालिकामै प्राविधिक शिक्षा पुर्‍याउँछौँ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशका सात सय ५३ वटै पालिकामा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पुर्‍याउने बताउनुभएको छ । कास्कीमा अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको भवन आज मङ्गलवार शिलान्यास गर्दै मन्त्री पौडेलले प्राविधिक तथा बहुप्राविधिक शिक्षा देशका सबै पालिकामा पुर्‍याउने बताउनुभयो ।

‘प्राप्त ज्ञानलाई उत्पादन र रोजगारसँग जोड्नुपर्छ’, उहाँले भन्नुभयो, ‘मन्त्रालय प्रत्येक स्थानीय तहमा प्राविधिक र बहुप्राविधिक शिक्षालय स्थापना गर्ने काममा अघि बढेको छ ।’

 

मन्त्री पौडेलले अन्नपूर्ण बहुप्राविधिक शिक्षालयलाई नमुनाका रूपमा अघि बढाउन आवश्यक बजेटका लागि आफूले पहल गर्ने बताउनुभयो । ‘भौतिक संरचना र जग्गा प्राप्तिका लागि मन्त्रालयको तर्फबाट हुने सहयोग गर्न तयार छु’, उहाँले भन्नुभयो, ‘अन्यत्र नभएको विषयलाई हामीले ध्यान दिनुपर्छ ।’

मन्त्री पौडेलले तीन वर्षभित्र देशभरका विद्यालयको भौतिक संरचना बनाउने गरी मन्त्रालये योजना अघि बढाएको बताउँदै यस वर्षको राष्ट्रपति शैक्षिक सुधारको कार्यक्रम थप व्यवस्थित गरी कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले विद्यार्थीका लागि कोरोनाविरुद्धको खोप अभियान चलिरहेको बताउँदै चार देखि १२ वर्षका विद्यार्थीका लागि पनि चाँडै खोप व्यवस्थापन हुने बताउनुभयो ।

पढ्दै–कमाउँदै कार्यक्रमले सीपलाई श्रमसँग जोड्ने बताउँदै मन्त्री पौडेलले ९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई समावेश गर्ने बताउनुभयो ।

२०७६ असोज ७ गते आङ्गिक क्याम्पसको रूपमा सञ्चालन भएको अन्नपूर्ण बहुप्राविधिकको शैक्षिक भवन निर्माणका लागि सरकारले पाँच करोड रुपैयाँ छुट्याएको छ । निर्माणको ठेक्का पाएको रविना कन्ट्रक्शन प्रालिले तीन करोड ८७ लाख २७ हजार ७६ रुपैयाँमा चार तले भवन एक वर्षभित्र बनाउने इन्जिनियर कृष्णप्रसा दशर्माले जानकारी दिनुभयो ।

माछापुच्छ्रे माध्यमिक विद्यालयले अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरी १४ रोपनी जग्गा ८० करोड रुपैयाँ मा खरिद गरी बुहप्राविधिक शिक्षालय निर्माणका लागि उपलब्ध गराएको सङ्घीय सांसद दुर्गा विकले बताउनुभयो ।

अहिले बहुप्राविधिक शिक्षालय घर भाडामा लिएर सञ्चालन भइरहेको छ ।

मङ्गलबार, माघ २५, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

थप शिर्षकहरु

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा बालकृष्ण पराजुली चयन
५५ जनाले गरे रक्तदान
भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

चर्चित समाचार

ताजा समाचार

  • १.
    हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा

  • २.
    ५५ जनाले गरे रक्तदान

  • ३.
    भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

  • ४.
    पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन

  • ५.
    सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी

  • ६.
    मत गणना आजै रातिबाट सुरु हुने

विज्ञापन
९८५५०८०४०७
९८५५०५४४८६

समाचार
९८६५०००२८५
९८४५६३०८२८

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2023 Nepal Laya | All rights Reserved.
 Website By :  NarayaniWebTech.