• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • देश-समाज
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • कला/साहित्य
    • रोचक खवर
    • अन्तर्वार्ता
    • पर्यटन
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • विचार-ब्लग
×
शुक्रबार, माघ १३, २०७९
शुक्रबार, माघ १३, २०७९
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • देश-समाज
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • कला/साहित्य
      • रोचक खवर
      • अन्तर्वार्ता
      • पर्यटन
      • कृषि
      • शिक्षा
      • स्वास्थ्य
      • विचार-ब्लग
  • ☰

भर्खरै

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा
  • १ महिना 

५५ जनाले गरे रक्तदान
  • १ महिना 

भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने
  • २ महिना 

पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन
  • २ महिना 

सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी
  • २ महिना 

मत गणना आजै रातिबाट सुरु हुने
  • २ महिना 

मतदान केन्द्रको व्यवस्थापन राम्रो छ, ढुक्कसँग मतदान
  • २ महिना 

निर्वाचन पछि गठबन्धनको सरकार बन्छः प्रचण्ड
  • २ महिना 

मतदानपछि प्रचण्डले भने-गोरखाबाट उठेपनि चितवन छाडेको छैन
  • २ महिना 

लोकप्रिय समाचार

सङ्कटको समयमा बढी नाफा नखोज्न व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले सङ्कटका बेला पनि बढी नाफामुखी हुने प्रवृत्ति त्याग्न व्यवसायीलाई आग्रह गर्नुभएको छ । बैंक तथा वित्तीय परिसङ्घ नेपाल सीवीफिन को दोस्रो वार्षिक साधारणसभामा आज उहाँले सङ्कटका बेला बढी नाफामुखी हुन नहुने बताउनुभएको हो । बैंक तथा वित्तीय संस्थाले गरेको मागबमोजिम ३० प्रतिशत करबाट केही घटाउन सकिने उल्लेख गर्दै मन्त्री शर्माले बैंकले पनि सङ्कटका बेला बढी नाफामुखी हुन नहुने बताउनुभयो ।

“सङ्कट परेको बेला पनि बढी नाफा लिनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ कि पर्दैन रु”, उहाँले भन्नुभयो, “सङ्कटका बेला उद्योगधन्दालाई पनि बचाउनुपर्छ, जनतालाई पनि बचाउनुपर्छ र बैंकलाई पनि बचाउनुपर्छ भन्ने सबैको भावना हुनुप¥यो । यो भावना देखिएको छैन । सङ्कटका बेला मिलेर एकले अर्कालाई बचाउने हो ।”

उहाँले मुलुकको गार्हस्थ्य उत्पादनमा बैंक तथा वित्तीय क्षेत्रको ठूलो योगदान रहेको चर्चा गर्दै सङ्कटका बेला सरकार, निजी क्षेत्रलगायतले एकले अर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । “मुख्य समस्या सङ्कटका बेला पनि बढी नाफा लिनुपर्छ भन्ने प्रवृत्ति हो”, उहाँले भन्नुभयो, “यो प्रवृत्तिगत समस्यालाई समाधान गर्नका लागि एकअर्काका समस्या बुझेर सहयोग गर्नुपर्छ ।” मन्त्री शर्माले दक्षिण कोरियालगायतका मुलुकमा शाखा खोल्न बैंकलाई आग्रह गर्नुभयो । कोरिया, जापान, इजरायललगायत मुलुकबाट अनौपचारिक माध्यमबाट विप्रेषण आउने गरेको सूचना प्राप्त भएको उल्लेख गर्दै उहाँले ती मुलुकमा शाखा खोल्न आग्रह गर्नुभएको हो । त्यसले विप्रेषण औपचारिक माध्यमबाट भित्र्याउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री शर्माले व्यवसाय पनि विशिष्टीकृत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । बैंकिङ क्षेत्र तथा उद्योग क्षेत्र पनि एकै व्यक्तिले सञ्चालन गर्दा गोलमटोल भएको भन्दै उहाँले विशिष्टीकरण गर्नुपर्नेमा जोड दिनुभयो । “आफूले आफैँलाई ऋण दिने÷लिने देखिएको छ”, उहाँले भन्नुभयो, “यसले गर्दा ब्याजलगायत तथ्याङ्क सही रूपमा आएनन् ।”

उहाँले विद्यमान तरलताको अभाव एक महिनाभित्र समाधान हुने पनि बताउनुभयो । पछिल्लो समय देखिएको तरलताको चाप माघभित्र समाधान हुने मन्त्री शर्माको भनाइ छ । “अर्थतन्त्रमा केही चाप परेको पक्कै हो । तर बाहिर प्रचार गरिएजस्तो सङ्कट आइसकेको छैन’’, उहाँले भन्नुभयो, “‘सचेत हुने अवस्थामा आएको छ । तरलताको जुन अभाव देखिएको छ, यो माघभित्र समाधान हुने गरी कार्य अघि बढाइएको छ ।” कोभिड–१९ का कारण दुई वर्षसम्म व्यवसाय गर्न नपाएका व्यवसायीले वित्तीय संस्थाबाट एकैपटक ठूलो परिमाणमा ऋण प्रवाह हुँदा यस्तो चाप परेको उहाँले बताउनुभयो ।

उहाँले बैंकले व्यवसायीलाई ऋण उपलब्ध गराएपछि निश्चित समयसम्म ब्याज नबढाउनसमेत आग्रह गर्नुभयो । ऋण लिएर व्यवसाय थालनी गरेको केही समयमै बैंकले ब्याज बढाउने गरेको गुनासो मन्त्रालयमा आउने गरेको भन्दै उहाँले त्यसो नगर्न आग्रह गर्नुभएको हो । त्यसले गर्दा व्यवसाय असफल हुने उहाँको भनाइ छ ।

यसैगरी पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्ररूपमा फैलिए पनि अर्थतन्त्र सङ्कटग्रस्त हुनेभएकाले अब लकडाउनको बाटो अपनाउन नहुने बताउनुभयो । “फेरि लकडाउन हुन्छ कि भन्ने आशङ्का कतिपयमा रहेको छ”, उहाँले भन्नुभयो, “अब हामीले लकडाउनको बाटो अपनाउनु हुँदैन । फेरि लकडाउनको बाटो अपनायौँ भने हाम्रो अर्थतन्त्रले थेग्न सक्दैन ।”

सोमबार, पुष २६, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

थप शिर्षकहरु

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा बालकृष्ण पराजुली चयन
५५ जनाले गरे रक्तदान
भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

चर्चित समाचार

ताजा समाचार

  • १.
    हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा

  • २.
    ५५ जनाले गरे रक्तदान

  • ३.
    भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

  • ४.
    पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन

  • ५.
    सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी

  • ६.
    मत गणना आजै रातिबाट सुरु हुने

विज्ञापन
९८५५०८०४०७
९८५५०५४४८६

समाचार
९८६५०००२८५
९८४५६३०८२८

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2023 Nepal Laya | All rights Reserved.
 Website By :  NarayaniWebTech.