• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • देश-समाज
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • कला/साहित्य
    • रोचक खवर
    • अन्तर्वार्ता
    • पर्यटन
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • विचार-ब्लग
×
शुक्रबार, माघ १३, २०७९
शुक्रबार, माघ १३, २०७९
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • देश-समाज
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • कला/साहित्य
      • रोचक खवर
      • अन्तर्वार्ता
      • पर्यटन
      • कृषि
      • शिक्षा
      • स्वास्थ्य
      • विचार-ब्लग
  • ☰

भर्खरै

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा
  • १ महिना 

५५ जनाले गरे रक्तदान
  • १ महिना 

भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने
  • २ महिना 

पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन
  • २ महिना 

सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी
  • २ महिना 

मत गणना आजै रातिबाट सुरु हुने
  • २ महिना 

मतदान केन्द्रको व्यवस्थापन राम्रो छ, ढुक्कसँग मतदान
  • २ महिना 

निर्वाचन पछि गठबन्धनको सरकार बन्छः प्रचण्ड
  • २ महिना 

मतदानपछि प्रचण्डले भने-गोरखाबाट उठेपनि चितवन छाडेको छैन
  • २ महिना 

लोकप्रिय समाचार

लम्बियो माओवादी महाधिवेशन : नेतृत्व चयन आइतबार मात्रै  हुने

केन्द्रीय समितिको निर्वाचनका लागि सबै प्रक्रिया अगाडि बढाएको नेकपा माओवादी केन्द्रको बन्दसत्रको कार्यक्रम आइतबार मध्याह्न एक बजेसम्मका लागि स्थगन भएको छ । यससँगै माओवादीको महाविधेशन पुनः एक दिन लम्बिएको छ ।

अघिल्लो आइतबार उद्घाटन गरिएको महाधिवेशन सात दिनसम्म पनि जारी रहेको छ । आज साँझ निर्वाचनको प्रक्रिया सुरु भए पनि सहमतिका आधारमा केन्द्रीय समिति चयन गर्ने भन्दै पुनः स्थगन गरिएको छ । आज साँझ मात्रै माओवादीको निर्वाचन आयोगले उम्मेदवारको मनोनयनलगायत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।

महाधिवेशनस्थल कमलादीमा आज साँझको बन्दसत्रलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिका आधारमा केन्द्रीय समिति चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य गर्नुपर्ने भएकाले बन्दसत्र आइतबारसम्मका लागि स्थगन गर्ने प्रस्ताव गर्नुभयो । अध्यक्षले गर्नुभएको प्रस्तावलाई बन्दसत्रले स्वीकार गर्दै आजको सबै प्रक्रिया भोलिसम्मका लागि स्थगन गरिएको केन्द्रीय प्रचार तथा प्रकाशन समितिले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

त्यसअघि आजको बन्दसत्र अपराह्न १ बजेदेखि सुरु भएको थियो । बन्दसत्रमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिनुभएको थियो । उहाँले सुझाव समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय समितिले अन्तिम रूप दिने जानकारी गराउनु भएपछि सर्वसहमतिले पारित गरेको थियो । नयाँ विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक रहने व्यवस्था गरिएको छ ।

केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकामा बढाएर १५ प्रतिशत बनाइएको छ । महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्ने व्यवस्था गरिएको छ । पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुने प्रावधान राखिएको छ ।

गत आइतबार उद्घाटन गरिएको माओवादीको आठौँ महाधिवेशनमा सोमबार अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन र नेता गुरुङले विधान प्रस्तुत गर्नुभएको थियो । मङ्गलबार र बुधबार अपराह्नसम्म समूहगत छलफल चलाइएको थियो । समूहगत छलफलका लागि विभिन्न २५ समूह बनाइएको थियो । बुधबार र बिहीबार समूहगत छलफलका क्रममा उठेका विषयवस्तुमाथि टोली नेताले धारणा राखेका थिए । एक जनाका लागि १५ मिनेटको समय निर्धारण गरिएको थियो । शुक्रबार अध्यक्ष प्रचण्डले समूहगत छलफलका क्रममा उठेका जिज्ञासालाई सम्बोधन गर्नुभएको थियो ।

शनिबार, पुष १७, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

थप शिर्षकहरु

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा बालकृष्ण पराजुली चयन
५५ जनाले गरे रक्तदान
भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

चर्चित समाचार

ताजा समाचार

  • १.
    हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा

  • २.
    ५५ जनाले गरे रक्तदान

  • ३.
    भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

  • ४.
    पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन

  • ५.
    सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी

  • ६.
    मत गणना आजै रातिबाट सुरु हुने

विज्ञापन
९८५५०८०४०७
९८५५०५४४८६

समाचार
९८६५०००२८५
९८४५६३०८२८

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2023 Nepal Laya | All rights Reserved.
 Website By :  NarayaniWebTech.