• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • देश-समाज
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • कला/साहित्य
    • रोचक खवर
    • अन्तर्वार्ता
    • पर्यटन
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • विचार-ब्लग
×
शुक्रबार, माघ १३, २०७९
शुक्रबार, माघ १३, २०७९
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • देश-समाज
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • कला/साहित्य
      • रोचक खवर
      • अन्तर्वार्ता
      • पर्यटन
      • कृषि
      • शिक्षा
      • स्वास्थ्य
      • विचार-ब्लग
  • ☰

भर्खरै

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा
  • १ महिना 

५५ जनाले गरे रक्तदान
  • १ महिना 

भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने
  • २ महिना 

पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन
  • २ महिना 

सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी
  • २ महिना 

मत गणना आजै रातिबाट सुरु हुने
  • २ महिना 

मतदान केन्द्रको व्यवस्थापन राम्रो छ, ढुक्कसँग मतदान
  • २ महिना 

निर्वाचन पछि गठबन्धनको सरकार बन्छः प्रचण्ड
  • २ महिना 

मतदानपछि प्रचण्डले भने-गोरखाबाट उठेपनि चितवन छाडेको छैन
  • २ महिना 

लोकप्रिय समाचार

देशका निम्ति काम गर्ने प्रण गरेका छौँ :अध्यक्ष नेपाल

नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले देशका निम्ति इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

तनहुँको भानु नगरपालिका–३ स्थित बौद्ध हिमाल तामाङ गुम्बाले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टी गठनसँगै युवा, महिला, आदिवासी, जनजाति उत्साहित भएको बताउनुभयो ।

“इमान्दारिता र जनताप्रति समर्पणको भावनाबाट ओतप्रोत भएको पार्टी जन्मिदा सबै उत्साहित भएका छन्”, पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले भन्नुभयो, “हाम्रो पार्टी नेपालको राजनीतिमा तारा जस्तै चम्किन्छ ।”

अध्यक्ष नेपालले गोरखा, लमजुङ र गोरखालाई एकीकृत गरी ठूलो सहर बनाउनेतर्फ छलफल भएको उल्लेख गर्दै भन्नुभयो, “तीनवटै जिल्लाको एकीकृत विकासका लागि सरकारको ध्यानाकर्षण गराउँछु ।” अध्यक्ष नेपालले समाजवादको बाटोमा अगाडि बढेर देशलाई समृद्धिको दिशामा हिँडाउने सङ्कल्प लिएको बताउनुभयो ।

न्याय, समानता, विकास र समृद्धिको बाटोमा अगाडि बढेर सबैले सम्मान गर्ने वातावरण सिर्जना गर्ने वातावरण बनाउने बताउँदै उहाँले भन्नुभयो, “गरिबी, अभाव, पछौटेपन अन्त्य, बेरोजगारी अन्त्य, कृषिको विकास, किसानको जीवनस्तर सुधारेर देशलाई अगाडि बढाउने सङ्कल्प लिएका छौँ ।”

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले यस क्षेत्रको विकासका लागि बजेट विनियोजन गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । एकीकृत समाजवादीका लागि जनता ठूलो भएकाले जनतालाई शिरमा राखेर काम गर्ने मन्त्री श्रेष्ठले बताउनुभयो ।

शनिबार, पुष १७, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

थप शिर्षकहरु

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा बालकृष्ण पराजुली चयन
५५ जनाले गरे रक्तदान
भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

चर्चित समाचार

ताजा समाचार

  • १.
    हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा

  • २.
    ५५ जनाले गरे रक्तदान

  • ३.
    भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

  • ४.
    पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन

  • ५.
    सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी

  • ६.
    मत गणना आजै रातिबाट सुरु हुने

विज्ञापन
९८५५०८०४०७
९८५५०५४४८६

समाचार
९८६५०००२८५
९८४५६३०८२८

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2023 Nepal Laya | All rights Reserved.
 Website By :  NarayaniWebTech.