नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको १०६ औं जन्म जयन्तीको अवसरमा नेवा पत्रकार राष्ट्रिय दबु चितवन शाखाले रत्तदान समारोह गरेको छ । कार्यक्रममा २० जना पुरुष र पाँच जना महिलाले रक्तदान गरेको नेवा पत्रकार राष्ट्रिय दबु चितवनका कार्यसमिती सदस्य एवम् सो कार्यक्रमका संयोजक अनुज श्रेष्ठले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ चितवनका संस्थापक महेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । जिल्लामा रगतको अभाव खड्की रहेकाले यस कार्यक्रमले थप सहयोग पूग्ने उहाँको भनाई थियो । नेवापत्रकार राष्ट्रिय दबु चितवनका अध्यक्ष कमलमान श्रेष्ठले जिल्लामा रगतको अभाव भइरहेको हुदा जन्मजयन्तिको अवसरमा रत्तदान कार्यक्रम आयोजना गरिएको जाकारी दिनुभयो । अबका दिनहरु पनि यस्ता खालका कामहरुलाई निरन्तरता दिने उहाँको भनाइ थियो ।
कार्यक्रमा भरतपुर महानगरपालिका वडा नं. २ काअध्यक्ष पूर्ण बहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारी, तामाङ्ग पत्रकार संघका केन्द्रीय सचिव उर्गेन तामाङ्ग, तामाङ्ग पत्रकार संघ चितवनका अध्यक्ष बबीलाल तामाङ्ग लगायतको उपस्थिति रहेको थियो ।