भरतपुर महानगरपालिका वडा न २५ मा विहिवार लगभग एकदर्जन पिच सडकको उद्घाटन भएको छ । सामुदायिक बिधालयका भवन , बोटे समुदायको सामुदायिक भवन आमा समुहको भवन,शुक्रनगर स्वास्थ्य चौकी, लगाएत उद्घाटन भएको छ ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालद्वारा उद्घाटन भएका सम्पूर्ण विकास निर्माणका कार्यहरु भरतपुर महानगरको पहलमा बनेका हुन ।
भरतपुर महानगर, जिल्ला समन्वय समिति र बिद्यालयको आन्तरिक स्रोतबाट प्रभात माध्यामिक विद्यालय शुक्रनगरको सभाहल विहिबार मेयर दाहालले उद्घाटन गर्नुभएको छ ।
यस्तै राष्ट्रिय आधारभुत विद्यालय बयरघारीमा महानगरको पहलमा बनेको ३ कोठे भवनको पनि मेयर दाहालबाट उद्घाटन भएको छ । सो अवसरमा दाहालले विद्यालयलाई आवश्यक हरेक कुरामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
भरतपुर महानगर, जिल्ला समन्वय समिति र बिद्यालयको आन्तरिक स्रोतबाट जनज्योति माबिको नवनिर्मित पर्खालको विहिबार मेयर दाहालले बिहिबार नै उद्घाटन गर्नुभएको हो ।
यसैबिच मेयर दाहालले बिहिबार शुक्रनगर स्वास्थ्य चौकीको नवनिर्मित भवनको पनि उद्घाटन गर्नुभएको छ । यो स्वास्थ्य चौकिले भरतपुर २४ र २५ का जनताको सेवा गरिरहेको छ ।
विहिवार नै मेयर दाहालले भरतपुर २५ मा रहेको बोटे सामुदायिक भवनको पनि उद्धघाटन गर्नुभएको छ । भरतपुर महानगरको ३ लाख ५५ हजार ७ सय २७ र जनसहभागिताबाट ३९ हजार ५ सय २५ गरी कुल ३ लाख ९५ हजार २ सय ५२ लागतमा भवन निर्माण भएको हो ।
यस्तै सोहि क्षेत्रमा महानगरको आर्थिक वर्ष २०७७–०७८ को नगर बिकास योजना अनुसार ७ लाख १९ हजार ८ सय ४८ र जनसहभागिताबाट ७९ हजार ९ सय ८३ गरि कुल ७ लाख ९९ हजार ८ सय ३१ लागतमा बोटे समुदायमा वर्खाको समयलाई मध्यनजर गदै नहर किनारमा जाली लगाएको समुदायमा भएको बाटो विस्तारको पनि दाहालले उद्घाटन गर्नुभएको छ । सोहि क्षेत्रमा पर्ने अमृत आमा समुहको भवन पनि उद्धाटन भएको छ ।
यसैबिच बिहिबार नै बसकठ्ठा शाखा कुलोको पनि मेयर दाहालले उद्घाटन गर्नुभएको छ । सो कुलो महानगरको ८ लाख ७९ हजार ९७ रुपैया र जनस्तरबाट २ लाख १७ हजार २ सय ७४ रुपैया गरी कुल १० लाख ८६ हजार ३ सय ७१ रुपैयामा निर्माण भएको हो ।
भरतपुर २५ को डाँडाबस्याल टोल देखी शान्तिचोक हुदै २४ र २५ को सिमाना जोड्ने कालोपत्रे सडक विहिवार मेयर दाहालले उद्धघाटन गर्नुभएको छ । ५० लाख कुल लागतमा ६०० मिटर बाटो कालोपत्रे भएको छ ।