नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि मतदान सुरु भएको छ । कांग्रेसका नेता कूलबहादुर गुरुङले पहिलो मत खसाल्नुभएको छ । राष्ट्रिय सभागृहमा रहेको मतदान केन्द्रबाट मतदान सुरु भएको हो ।
बिहान ८ बजेदेखि नै मतदान सुरू हुने कार्यतालिका भए पनि मतपत्र छपाइमा ढिलाइ हुँदा साढे तीन घन्टापछि मतदान सुरू भएको हो। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ ।
मतदानस्थल परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।